नागरिक पोष्ट News


‘मेरो पनि होइन र यो देश ?’ । शुक्रबार सार्वजनिक भएको छ

1.4K

गायक प्रकाश सपूतले सार्वजनिक गर्ने श्रृजनाले छुट्टै किसिमको चर्चा पाउँछन् । दर्शकका फरक खालको छाप छाड्न सफल श्रृजना ल्याउन माहिर मानिएका सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ लगायतका गीतले छुट्टै चर्चा पाए ।

अहिले फेरि प्रकाशको नयाँ गीतले उस्तै चर्चा पाइरहेको छ, ‘मेरो पनि होइन र यो देश ?’ । शुक्रबार सार्वजनिक भएको गीतले दुई दिनमा युट्युबमा १० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङको शिर्ष स्थानमा आफूलाई राखेको छ । गीतमा शब्द, संगीत र स्वर प्रकाशको छ । उनले देशको सांस्कृतिक विविधता र विविधताभित्रको दुःख र वेदनाहरुलाई गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् । गीतले राष्ट्रिय एकताको भावना बोल्छ । गीतमा हिमाल, पहाड, तराईको सांस्कृतिक पहिचान झल्काउने संगीत, नृत्य तथा लवजलाई प्रस्तुत गरेका छन् । नेपाली नागरिक हुनुमा गौरवसँगै गुनासो पनि भएका नागरिकहरुको कथा गीतमा पोखिएको छ ।गायक सपुत एउटा राष्ट्रिय भावनाको गीत गर्ने चाहानाअनुरुप ‘मेरो पनि होइन र यो देश ?’ बनेको बताउँछन् । उनलाई राष्ट्रिय भावनालाई जोडेर गीत ल्याउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । गीतको एकलाइन केही वर्ष पहिले नै नोटबुकमा लेखेका थिए । तर, राष्ट्रिय भावनाको गीतमा पनि कुन–कुन विषयलाई समेट्ने भनेर तयारी गर्न धेरै समय लाग्यो । ‘भेग अनुसारको कथा, लवजलाई गीतमा उठान गर्ने सोच आयो । भेगलाई लिएपछि त्यहाँको संगीतलाई पनि समेट्ने सोच आएको प्रकाश बताउँछन् ।

Must View