नागरिक पोष्ट News


उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

1.4K

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्नेछ । काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने सरकारले तयारी गरेको छ । 

“सीसीएमसीको सिफारिस भन्ने हामीले पनि सुन्यौँ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले  भने, “सोमबार हामी छलफल गर्दैछौँ । त्यसपछि निर्णय गर्नेछौँ ।”

Must View