मुलुकमा स्थायी लेखा नम्बर लिने करदाता ३९ लाख नाघे
1.1K
काठमाडौं, १३ वैशाख । मुलुकमा स्थायी लेखा नम्बर लिने करदाता ३९ लाख नाघेका छन् । अर्थ मन्त्रालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३९ लाख ११ हजार ४६४ पुगेको हो ।
सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ४८ हजार ९०४ अर्थात् ३९.६ प्रतिशत रहेका छन् । यस्तै व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २३ लाख ५४ हजार ३६० अर्थात् ६०.२ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ८ हजार २०० (०.२ प्रतिशत) पुगेको छ ।
यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८२ हजार ५२६ पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख ९ हजार २९८ पुगेका छन् ।