नागरिक पोष्ट News


मुलुकको जनसंख्याको करिब २६ प्रतिशत नागरिकमा बीमाको पहुँच

0.9K

काठमाडौं, १२ वैशाख । मुलुकको जनसंख्याको करिब २६ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन समान्तसम्ममा वैदेशक रोजगारमा जानेहरू समेत गरी २५.८ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेका हुन् ।

समीक्षा अवधिमा जारी भएका बीमालेख संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९ प्रतिशतले बढेर १ करोड १ लाख ७६ हजार २९० पुगेको छ, जसमध्ये जीवन बीमालेख र निर्जीवन बीमालेखको हिस्सा क्रमशः ८०.५ र १९.५ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको ८ महिनामा संकलन भएको बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.९ प्रतिशतले बढेर १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो रकम ७८ अर्ब २५ करोड रहेको थियो । बीमा प्रिमियम संकलनमा जीवन बीमा र निर्जीवन बीमाको हिस्सा क्रमशः ८०.३ प्रतिशत र १९.७ प्रतिशत रहेको छ ।

Must View