उज्यालोनेटवर्क डटकमका सम्पादक अनिश तामाङलाई प्रहरीले आफ्नै कार्यालयबाट पक्राउ
1K
काठमाडौँ । उज्यालोनेटवर्क डटकमका सम्पादक अनिश तामाङलाई प्रहरीले आफ्नै कार्यालयबाट पक्राउ गरेको छ । प्रहरीले उज्यालोनेटवर्क डटकमको कार्यालयमा घेरावन्दी गरेर उनी लगाएत उज्यालो नेटवर्कका जिएम पर्वत लामालाई पनि प्रक्राउ गरेको हो । अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेका छन् । पत्रकारद्धय अनिश तामाङले प्रहरीले धरपकड गरेको जानकारी फेसबुक मार्फत कार्यकक्षबाटै जानकारी गराएका थिए । उनले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’
यद्यपी सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।