नागरिक पोष्ट News


काठमाडौ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी, पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा हुने

1.5K

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भन्छन्, ‘सीसीएमसीको सिफारिसअनुसार के गर्ने पहिले तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गर्छौं, त्यसपछि निषेधाज्ञाबारे निर्णय हुन्छ ।

पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

Must View