नागरिक पोष्ट News


लुम्बिनी प्रदेशको अन्तर कथा भित्र अशाेक यादवकाे चर्चा मा आउने फण्डा

276

लुम्बिनी प्रदेश जनता समाजवादी पार्टी नेपालकाे संसदीय दलकाे कार्यालयकाे वास्तविकता र विभिन्न मिडियामा अाएकाे खवरकाे बीचमा असाध्यै धेरै बिराेधाभाष देखिएकाे छ । जनता समाजवादी पार्टीको निर्माण ( सपा र राजपा) मिलेर भएकाे सबैलाई अवगत नै छ । पार्टी एकीकृत हुनुभन्दा अगाडि राजपाकाे प्रदेश कमिटी र सपाकाे प्रदेश कमिटी अस्तित्वमा थियाे । तर पार्टीको एकीकरण पछि दुवै पार्टीको प्रदेश कमिटीहरू भङ्ग गरियाे ।

नयाँ जसपाकाे हाल सम्म समायोजन भएकाे भनेको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति मात्रै हाे अन्य समितिहरू समायोजन काे प्रकृयामा नै भएकाे सन्दर्भमा लुम्बिनी प्रदेशको जनता समाजवादी पार्टीको संसदीय दलकाे सदस्य ६ जना मध्ये ४ जना अर्थात् दुई तिहाइ संसद द्वारा दलकाे असफल नेता सहसराम यादवलाई हटाई उनकाे ठाउँमा युवा नेता मधेस अान्दोलनकाे हिराे शन्ताेष पाण्डेलाई बिधान अनुरूप संसदीय दलकाे नेता चुनी संसदीय दलमा बसि बिधिवत निर्णय गरि नेकपा एमालेकाे नेतृत्वमा रहेकाे माननीय शंकर पाेखरेल मुख्यमन्त्री रहनुभएकाे प्रदेश सरकारमा सहभागी हुने बिधिवत स्वयत् प्रदेशको अभ्यास गरि गरेको निर्णयलाई बङ्याएर अनेकौं कुतर्क गरि दुस्सप्रचार गर्ने काम भएकाे छ ।  

संसदीय दलकाे निर्णय अनुरूप सरकार मा सहभागी भएकाे बिषयलाई बिषयान्तर गरि स्वघाेषित् अध्यक्ष अशाेक यादव र पार्टीको हितमा संसदीय दलमा केही उल्लेख्य काम गर्न नसकेपछि अाफ्नै सहकर्मी साथीहरूद्वारा गलहत्याईएकाे असफल दलकाे नेता सहसराम यादव समेतकाे मिलेमतोमा पार्टीको नेताहरूलाइ बदनाम गर्ने गरि कुनै अर्कै प्रयाेजनकाे लागि गरिएकाे हस्ताक्षरलाई दुरुपयोग गरि अविस्वास प्रस्तावमा हस्ताक्षर गर्याे भनेर बदनाम गर्नुकाे साथै मन्त्री मण्डलमा सहभागी भयाे भनेर २४ घण्टे कार्वाही काे नाैटङ्की गरेको देखेर लुम्बिनी प्रदेश जसपा संसदीय दल अचम्मित भएकाे कुरा बिज्ञप्ति मार्फत जनाईएकाे छ ।

पार्टी एकताकाे मर्म र भावनामा समेत असरपर्ने गरि नेता कार्यकर्ता मा भ्रम छर्ने काम तत्काल बन्द गर्न तथा स्वाेघाेषित अध्यक्ष अशाेक यादव लगायतकालाई कुन हैसियत यी बचकना कुकर्महरू गरिरहेका हुन भनी पार्टी केन्द्र ले स्पष्टीकरण साेध्न समेत उहाँहरूकाे माग छ ।        बैकल्पिकराष्ट्रिय  शक्तिकाे रूपमा स्थापित जसपालाई भावनात्मक रूपमा एकताहुन नदिने विभिन्न तत्वहरू मध्ये नेतृत्व गरिरहेकाे अशाेक यादव विरूद्द खेद प्रकट गर्दै लुम्बिनी प्रदेश जसपाकाे संसदीय दलको नेता तथा भैतिक मन्त्री श्री शन्ताेष कुमार पाण्डेकाे हस्ताक्षरमा अाएकाे बिज्ञप्ति ।

Must View