नागरिक पोष्ट News


नेपाल राष्ट्र बैंकले गुनासो सुनुवाइ सम्बन्धी छुट्टै वेबसाइट सञ्चालनमा

1.8K

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाको गुनासो सुनुवाइको लागि छुट्टै वेबसाइट ल्याएको छ । ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता कायम गर्न वित्तीय मध्यस्थता कायम गर्न छुट्टै वेबसाइट ल्याएको छ । केन्द्रीय बैंकले http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याएको हो  ।

वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनिकरण गर्ने राष्ट्र बैंकले जनाएको छ । 

 

गुनासो दर्ता कसरी गर्ने  http://gunaso.nrb.org.np  साइटमा गएर  गुनासो दर्ता गर्ने र गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नम्बरद्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिनेछ । तर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराइने छ ।

Must View