नागरिक पोष्ट News


अन्नपूर्ण प्रथम (९८०९१) मि० आरोहण गरी फर्केकी शर्मिलालाई विमान स्थलमा भव्य स्वागत

1.3K

अन्नपूर्ण प्रथम ९८०९१ मि० आरोहण निकै नै जोखिमपूर्ण छ भन्ने उनलाई थाहा थियो, तरपनि, त्यही जोखिमपूर्ण हिमालको चुचुरोमा नेपाली महिलाको पहिलो पाइला पु¥याउने हुट्हुटीले भने उनलाई छाडेको थिएन । आखिर जोखिमपूर्ण भनिएको आरोहण उनले फत्ते गरेरै छाडिन् ।

आरोही महिला शर्मिला स्याङतान तामाङ सहित ६ जना नेपाली महिलाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन ।  अन्नपूर्ण प्रथम आरोहणको अनुभव सुनाइरहँदा उनीहरुले देखाएको साहसको खुलेरै प्रशंसा भईरहेको थियो । समुहमा रहेका साहासी महिलाहरु  माया शेर्पा, पूर्णिमा श्रेष्ठ, शर्मिला तामाङ, पासाङ ल्यामु शेर्पा, दावा याङजेन शेर्पा, दावा फुटि शेर्पा थिए। उनीहरुले गत शुक्रबार दिउँसो साढे १ बजे आरोहण पुरा गरेका थिए । 

शर्मिला स्याङतान तामाङको एक छोरा छन् । उनले  यसअघि सगरमाथा,र मनासलु हिमालको समेत आरोहण गरिसकेकी छिन् । अन्नपुर्ण आरोहन गरी फर्कने क्रममा मंगलबार आरोहण सहयोग समितीकी संयोजक इन्दिरा घले,समाजसेवी तथा सहयोग समितीकी राजेश्वरी श्रेष्ठ , डि.बी तामाङ ,पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बर बम्जन लगायतको टोली विमानस्थलमै पुगी उनलाई स्वागत तथा बधाई दिएका थिए ।  सञ्चारकर्मीसँग बोल्दै आरोही शर्मिलाले १८ घण्टासम्म थकाइ नमारी आरोहण सफल पारेको र अब अन्नपुर्ण चढेपछि अरु हिमाल सजिलै चढ्ने आँट आएको समेत बताइन् । 

 

Must View