पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि
1.9K
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।उनीहरु भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर आइतबार मात्रै स्वदेश फर्केका थिए।शनिबार दिल्लीमा गरिएकाे पीसीआर परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि शाह दम्पती आइतबार स्वदेश फर्केकाे थियाे।
तर काठमाडाैँ पुगेपछि साेमबार पुन: गरिएकाे परीक्षणमा काेराेना संक्रमण पुष्टि भएकाे पूर्वराजाकाे सचिवालय श्राेतले जानकारी दिएकाे छ।कुम्भ मेलामा सहभागी भएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। आदित्यनाथ र पूर्वराजाबीच हरिद्वारमा भेट भएको थियो।