नागरिक पोष्ट News


सामाजिक सचेतनाको आवाज बोकेको सन्देशमूलक गीत ‘बोल देउता बोल’ सार्वजनिक

2K

सामाजिक सचेतनाको आवाज बोकेको सन्देशमूलक गीत ‘बोल देउता बोल’ सार्वजनिक भएको छ ।प्राज्ञ ज्योति प्रकाशको स्वर तथा संगीत रहेको गीतमा चन्द्र भट्टचनको शब्द रहेको छ। राजु कार्कीको संगीत सम्योजन रहेको गीतको रेकर्डिङ सुर संगीतमा गरिएको हो।समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेदविरुद्ध आवाज बुलन्द गरिएको गीतमा एउटा मूर्तिकारले बनाएको मूर्ति मन्दिरमा स्थापना गरेपछि स्वयं मूर्तिकारले नै छुन र पूजा गर्न नपाएपछिको पीडा सम्बोधन गरिएको छ ।

सामाजिक विकृतिविरुद्ध आवाज उठान गर्ने गीतको भिडियो शान्तिप्रियले निर्देशन गरेका छन् भने भिडियोमा चलचित्र निर्देशक माधवराज खरेलको अभिनय छ ।

भिडियोमा खरेलका अलावा गीतकार लोकराज अधिकारी र गीतकार सुमन बैरागीलाई पनि देख्न सकिन्छ ।

गोविन्द अञ्जानको छायांकन रहेको गीत विकास धमलाले सम्पादन गरेका हुन् ।

Must View