शहरी क्षेत्रमा वैशाख महिनाभर अनलाइन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय
1K
काठमाडौं । सरकारले देशमा बढ्दै गएको कोरोनाको संक्रमणलाई विचारगरी शहरी क्षेत्रमा वैशाख महिनाभर अनलाइन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हाे । यसअघि कोभिड १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मुलुकका ठूला सहर र कोभिड १९ फैलिएका स्थानमा वैशाख मसान्तसम्म वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।