नागरिक पोष्ट News


नेपाल टेलिकमले आफ्नो अप्टिकल फाइबर नेटवर्कको पूवार्धार अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्नेगरी निर्णय गरेको छ

1.9K

काठमाडौं । नेपाल टेलिकमले आफ्नो अप्टिकल फाइबर नेटवर्कको पूवार्धार अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्नेगरी निर्णय गरेको छ । अघिल्लो साता बसेको नेपाल टेलिकम बोर्ड बैठकले यो विषयमा निर्णय लिएको हो । योसँगै अब अन्य टेलिकम तथा इन्टरेनेट सेवाप्रदायक कम्पनीले टेलिकमको फाइबर नेटवर्कको पूर्वाधार सहप्रयोगको बाटो खुलेको हो ।

लामो समयदेखि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना पूर्वाधार सहप्रयोग गर्न दिनुपर्ने भनी निर्देशन दिँदै आएको भएता पनि कार्यान्वयन भने हुन सकेको थिएन ।

अझ सरकारी स्वामित्वकै कम्पनी नेपाल टेलिकमले पनि प्राधिकरणको उक्त निर्देशनलाई कार्यान्वयनमा नल्याउँदा प्राधिकरणले अन्य सेवाप्रदायकलाई अनिवार्य गर्न सकेको थिएन् ।

यसैबीच टेलिकम बोर्डको यो निर्णयले अब पूर्वाधार सहप्रयोगका लागि बाटो खुला गरिदिएको छ । टेलिकमको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार प्राविधिक रुपमा सम्भव भएसम्म ४८ कोरभन्दा माथिका पूवार्धार सहप्रयोग गर्नसक्ने भनी निर्णय भएको हो ।

त्यसका लागि एक्टिभ फाइबर मनिटरिङ सिस्टम जडान गरी जीआईएसमा डेटावेस मेन्टेन्ट गरेर सहप्रयोग गर्न दिइने भएको हो । निर्णयअनुसार एउटा कम्पनीले आफ्नो प्रयोजनका लागि लिएको फाइबर नेटवर्क रिसेल गर्न नपाउने बनाइएको छ ।

‘त्यसैका लागि एक्टिभ फाइबर मनिटरिङ सिस्टम जडान गर्न खोजिएको हो,’ अधिकारी भन्छन, ‘यसले फाइबर कसले, कहाँ प्रयोग गरिरहेको छ भन्ने सम्पूर्ण कुराको जानकारी लिन सकिन्छ । भने, लिएको कम्पनीले अन्य कम्पनीलाई प्रयोगका लागि दिएको छ वा छैन भन्ने पनि जानकारी प्राप्त हुनेछ ।’

यसका लागि सिस्टम आवश्यक पर्ने भएकाले यो प्रक्रिया सुरु हुन केही समय भने लाग्ने अधिकारी बताउँछन् ।

Must View