नागरिक पोष्ट News


अर्थ मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ

1.3K

काठमाडौं, ५ वैशाख । अर्थ मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट तयारी भइरहेका बेला सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको हो । मन्त्रीस्तरीय निर्णयबाट थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ ।

वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा कामकाजका लागि ल्याइएको छ भने विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा भएका छन् ।

अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासकमा पदस्थापन भएका छन् । उमाकान्त आचार्य अर्थमन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन् ।

त्यस्तै ईश्वरीप्रसाद अर्यालय अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशकमा पदस्थापन भएका छन् भने महेश भट्टराई केदार पनेरु अवकास भएपछि रिक्त हुने पदमा पदस्थापन हुने गरि अर्थ मन्त्रालयमै राखिएका छन् ।

सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख र भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा काज सरुवा भएका छन् ।

Must View