नागरिक पोष्ट News


साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

1.6K

काठमाडौं, ५ वैशाख । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज परिसूचक ३५.८९ अंक घटेर २६९९.५१ विन्दुमा रोकिएको हो । बजार घटेपनि कारोबार भने ८ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको भएको छ ।

आज २०७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री एभरेष्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको ८७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । आज एभरेष्ट बैंकको शेयर मूल्य ८११ रुपैयाँ कायम भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

म्युचुअल फण्ड समूहसहित कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहको मात्र परिसूचक वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड समूहको परिसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ । आज सर्वाधिक परिसूिचक घट्नेमा उद्योग समूह रहेको छ । उद्योग समूहको परिसूचक ३.२७ प्रतिशतले घटेको छ ।

Must View