नागरिक पोष्ट News


सर्वदलीय बैठकमा (एमसीसी) र कोभिड–१९ को विषयमा यस्तो चर्चा

1.2K

काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमाअमेरिकी सहायता परियोजना (एमसीसी) र कोभिड–१९ को विषयले प्राथमिकता पाएको छ । बैठक पछि परराष्ट्रमन्त्री प्रदी ज्ञवालीले एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्ने बताए ।

बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र भने सहभागी भएन । माओवादी केन्द्रले आफूहरुलाई बैठकबारे खबर नगरिएको बताएको छ ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनी र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र सुनील प्रजापतिलगायत सहभागी थिए ।

Must View