चालू आर्थिक वर्षको ८ महिनामा निजीक्षेत्रमा कर्जा प्रवाह दोहोरो अंकले बढेको छ
काठमाडौं, ४ वैशाख । मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबाट चालू आर्थिक वर्षको ८ महिनामा निजीक्षेत्रमा कर्जा प्रवाह दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुउार सो अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकका अनुसार फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.३ प्रतिशत र १३.३ प्रतिशत थियो ।
सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४।९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालू पूँजी कर्जा १७.३ प्रतिशतले, रियल इस्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जा समेत० ७.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४.६ प्रतिशतले घटेको छ ।