एकैदिन ८१ बालबालिकामा कोरोना संक्रमण, ‘समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं’
काठमाडौं । पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका हुन् ।
शुक्रबार देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यका र बाँके जिल्ला कोरोफनाको ‘हट स्पट’ बनेको छ ।
६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पछिल्लो ४ दिनमा बारा र पर्साका ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमै ज्यान गुमाएका तीन जनामा कडा खालको निमोनिया देखियो । चिकित्सकका अनुसार निमोनिया पहिलाको भन्दा जटिल खालको छ र संक्रमितलाई उच्च मात्रामा अक्सिजन दिँदा पनि गाह्रो भएको छ ।
नारायणी अस्पतालका डा. निरज सिंह १० सिलिण्डर अक्सिजन लगाउँदा समेत संक्रमितलाई बचाउन नसकिएको बताउँछन् । कुनै ट्राभल हिस्ट्री नदेखिएका, तर परिवार पुरै संक्रमित भएकाल समुदायमै संक्रमण फैलिएको उनको ठहर छ । ‘तीव्र गतिमा संक्रमण फैलिएको छ ।