ईसेवाले रोजगारीको अवसर
1K
काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले २६५ कर्मचारी माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो ।
यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।
एसईई/एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित यो ईमेलमा दरखास्त पठाउन सकिन्छ ।