नागरिक पोष्ट News


कञ्चन गाउँपालिकामा दर्ता शिविर सम्वन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

276

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवा इकाई कञ्चन गाउँपालिकाले दर्ता शिविर सम्वन्धी दुईदिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीज्यू को अध्यक्षता भएको कार्यक्रममा कञ्चन गाउँपालिका भित्रका वडा अध्यक्ष वडा सचिव माध्यमिक बिद्यालयका प्रअ कञ्चन जेसिसका अध्यक्ष राधिका चौधरी कञ्चन गाउँपालिकाका शाखा प्रमुखहरु लगायत दर्ता शिविर गर्ने सेवा प्रदायक वि एण्ड पि ईन्जिनियरिङ सोलुसन्सका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । 

No description available.

कार्यक्रममा कञ्चन जेशिसका अध्यक्ष श्री राधिका चौधरीले कञ्चन गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्दै कञ्चन जेशिसले दर्ता शिविर सफल पार्द हरदम प्रयास गर्ने विचार व्यक्त गर्नुभएको थियो । सम्पुर्ण वडा वडाअध्यक्षको तर्फबाट सामाजिक विकास समितिका सभापति समेत रहेका वडा नं.५ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारीले मन्तव्य राख्दै वडाले सम्पुर्ण टोल बिकास संस्थालाई जानकारी गराई दर्ता शिविरमा बढीभन्दा बढी सहभागी गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखा अधिकृत तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष गैरेले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै दर्ता शिविरले जनचेतना फैलाउन बिशेष सहयोग गर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कञ्चन गाउपालिकाका उपाध्यक्ष श्री गोमा तरामुले कञ्चन गाउपालिकाले सञ्चालन गर्न लागेको दर्ता शिविरको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कञ्चन गाउँपालिकाको अध्यक्ष श्री गोकर्ण बहादुर क्षेत्री ले कार्यक्रमले दर्ता शिविर प्रभावकारी गराउन कार्यक्रमले सहयोग गर्ने भन्दै बि एण्ड पि ईन्जिनियरिङ शोलुसन्सलाई कञ्चन गाउँपालिकाको दर्ता शिविर गर्ने कार्य गर्न निर्देशन दिदै नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको सहजिकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवा इकाई कञ्चन शाखाका एम आई एस अपरेटर सुरेन्द्र पोखरेले गर्नुभएको थियो भने व्यवस्थापन फिल्ड सहायक धनपति ज्ञवालीले गर्नुभएको थियो ।

 

Must View