नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने

1.6K

तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिकाले नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने भएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ–आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन नगरपालिकाले अनुरोध समेत गरेको छ ।

तारकेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने नागरीकहरुको गुनासो दर्ता तथा सुनुवाई गर्ने उद्देश्यले दर्ता शिविर संचालन गरेको तारकेश्वर नगरपालिकाका प्रशासन शाखाका राजु तिमिल्सिनाले बताए ।

तिमिल्सिनाका अनुसार आप्mनो वडामा पायक पर्ने स्थानमा २०७८ बैशाख २ गते देखि १६ संचालन शिविरमा सहभागीको बिवरण दर्ता गरिने छ ।

राष्ट्रिय परिचयपत्र तथा पंचीकरण बिभाग सिंहदरबारको अगुवाईमा देशभर स्थानिय तहबाट घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे पंचीकरणको काम तिब्र रुपमा भैरहेको छ ।

हेर्नुहोस कुन वडामा कहिले ?

 

 

 

Must View