नागरिक पोष्ट News


शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जकाे जङ्गलमा आगलागी

1.4K

काठमाडौँ, २९ चैत । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जकाे जङ्गलमा आगलागी भएकाे छ । बूढानीलकण्ठ नजिकैबाट बिहान ११ बजेतिर लागेको आगाे अहिले धेरै ठाउँमा फैलिइसकेको छ ।

आगो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

सेना, प्रहरीका दमकल पनि डढेलो लागिरहेको ठाउँमा पुगेका छन् । दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ । आगाे के कारणले लागेकाे हाे भन्नेबारे थाहा भइसकेकाे छैन ।

Must View