नागरिक पोष्ट News


कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन

2.2K

३० चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए । एउटा असल व्यक्ति गुमाएको छ राष्ट्रले भन्दै मेयरले  सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगर परिक्रमा सहित अन्तिम संस्कार गरिने  बताए । माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।

 

 

अध्यक्ष राजकुमार मालीले नागरिकपोष्ट डट कम सँग लगभग एक वर्ष अगाडि हामीलाई उहाँको वडामा अचम्मको चिहान छ त्यसको रिपोर्टिक गर्नु पर्यो भनेर खबर गरेपछि हामी त्यहाँ पुगेर उहाँसँग गरेको कुराकानी आज उहाँको सम्झनामा तलको लिकं हेर्नुहोला 

Must View