नागरिक पोष्ट News


किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ऎशेलुको कांडा सार्वजनिक

1.6K

किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ऎशेलुको कांडा सार्वजनिक प्रिन्सा प्रिज्मा र सुधीर सुरेन्द्रको बालापनको माया प्रिन्सा प्रिज्माले बालापनको साथी सुधीर र सुरेन्द्र काठमाण्डौ, चैत्र २२ प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ । गीतमा नेपाल आईडल सिजन-३ मा तेश्रो स्थान हासिल गरेर थुप्रै गीतहरु मार्फत चर्चामा आईसकेका गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । चर्चित मोडेल सुधीर श्रेष्ठ र ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको दमदार नृत्य र अभिनय रहेको छ । भिडियोमा सबै कलाकारहरुले पहिलो चोटि सहकार्य गरेको र काम गर्दा निकै नै रमाइलो र पारिवारिक वातावरण भएको बताए । बलापनको साथीलाई बर्षौ पछि भेटदाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई र्‍यान कार्किले निर्देशन गरेका छन भने छांयाकन बुद्ध थापा सम्पादन बिष्णु खडकाको रहेको छ । ब्ल्याक ब्रोज इन्टर्टेन्ट्मेन्टको प्रस्तुतिमा रहेको भिडियोलाई यहि नाममा रहेको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई सक्दो माया र शेयर गरिदिन हुन टिमले सम्पुर्ण गीत संगीत प्रेमीलाई आग्रह गरेका छन ।

Must View