नागरिक पोष्ट News


तारकेश्वरमा नवीन नगरले ग¥यो बृहत रक्तदान कार्यक्रम

1.1K

२८ चैत, काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । तारकेश्वर १० को लाकतान्त्रिक चोकमा भएको कार्यक्रममा ५० भन्दा बढि रक्तदाताले रक्तदान गरेका थिए । आज बिहान २ घण्टा प्रचार गरेर दिउँसो कार्यक्रम गरिएको नवीन नगर उपभोक्ता तथा टोल विकास समितिका वरिष्ठ उपाध्यक्ष हरिदक्त तिमिल्सिनाले बताउनुभयो ।

रक्तदान कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले रगत संकलन कार्य गरेको थियो । आजको कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरा र विशेष अतिथि उपप्रमुख भवानी डोटेल धिताल कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको बुझिएको छ ।

रक्तदाताहरुलाई बाँडिएको प्रमाणपत्रमा भने प्रमुख अतिथि, विशेष अतिथि र कार्यक्रम आयोजकको हस्ताक्षरसहितको प्रमाणपत्र वितरण गरिएको थियो ।

तारकेश्वर ९ मा नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले स्थापना कालदेखि नै प्रत्येक वर्ष चैत महिनामा मानवसेवा अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । अघिल्लो वर्ष कोरोना महामारीमा पनि रक्तदान कार्यक्रम गरेको थियो ।

आजको कार्यक्रममा संस्थाका सल्लाहकार शिवहरि लामिछानेले रक्तदाता संकलनमा सक्रियतापूर्वक खटिएकोमा संस्थाका अध्यक्ष रामशरण न्यौपानेले धन्यवाद दिएका छन् । त्यस्तै कार्यक्रममा सफल पार्न लागि पर्ने कार्यसमितिको टिम र टोलबासीलाई पनि धन्यवाद प्रकट गरेका छन् ।

Must View