ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने विषयमा काँग्रेस,माओवादी र जसपाबीचको यस्तो तयारी
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने बिषयमा आज काँग्रेस, माओवादी र जसपाले निर्णायक छलफल गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई सहित दुबै तर्फका नेताहरुलाई छलफलका लागि पार्टी कार्यालय सानेपामा बोलाएका छन् ।
तीन दलबीच हुने बैठकमा संसद पुनर्स्थापनापछिको राजनीतिक शुन्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारी बारे छलफल हुने बुझिएको छ ।
यस अघि नै काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरीसकेको छ । विभिन्न छलफलमा जुटे पनि जसपाले नयाँ सरकार गठनका बिषयमा ठोस निर्णय नगरेकाले पनि काँग्रेस र माओवादी अप्ठ्यारोमा परेका छन् । जसपालाई प्रधानमन्त्री ओली र काँग्रेस माओवादी दुबै पक्षले आफूतिर तान्न प्रयास गरीरहेको छ ।