नागरिक पोष्ट News


कोरोनाको भ्याक्सिन लगाएका ३७ जना डाक्टरमा कोरोना संक्रमण

1.9K

एजेन्सी  । यस अघि नै कोरोना बिरुद्धको भ्याक्सिन लगाएका भारत दिल्ली गंगाराम अस्पतालका ३७ जना चिकित्सक कोरोना संक्रमित बनेका छन् । ती मध्य जनालाई अस्पतालमै भर्ना गरिएको बाँकी क्वारीन्टीनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा अहिले कोरोनाको नयाँ रफ्तार बढेको छ । पछिल्लो दिन २० घण्टामा एक लाख २६ हजार बढी संक्रमित बनेका छन् भने ६ सय बढीको एकै दिन मृत्यु भएको छ । पछिल्लो संक्रमणको आकंडाले कोरोना बिरुद्धको भ्याक्सिन पनि पूर्ण प्रभावकारी नरहेको पाईएको छ । भ्याक्सिन लगाएका मानिसमा पनि संक्रमण देखा परीरहेको देखिएको छ ।

Must View