नागरिक पोष्ट News


नेपाल पत्रकारमहासघंको २६ औँ निर्वाचनमा खुल्ला महिला उम्मेदवारमा उठ्नुु भएको रिना श्रेष्ठ सँग गरिएका कुराकानी

2K

काठमाडौं . विगत १२ वर्ष देखि आम सञ्चार क्षेत्रमा रहेर विभिन्न किसिमका टि .भि .मा आर्थिक तथा बैदेशिक क्षेत्रमा सम्बधीत कार्यक्रम  सञ्चालन गर्दे जनसवाल डेल्ली जस्ता पेपरमा रिपोर्टिंग तथा विभिन्न सघसस्थामा आवद्ध भएर  महिला शशक्तिकरणको लागि आवाज उठाउदै समाज सेवा गर्दे र विधुतिय वित्तिय साक्षरताका लागि अभियान चलाई रहनु भएकी एक महिला जो नेपाल पत्रकार महासघंको २६ औँ निर्वाचनमा खुल्ला महिला उम्मेदवारमा उठ्नुु भएको छ । नागरिक पोष्ट डट कम सँग चुनाब अघि उनै उम्मेदवारसँग रिपोर्टर सन्तोष तिवारीले लिएको इन्र्टरभियूु  

 १ं  नेपाल पत्रकारमहासघंको २६ औँ निर्वाचनमा तपाई खुल्ला महिला उम्मेदवारमा उठ्दै हुनुहुन्छ किन ?

हो पत्रकार महासघको यो २६ औँ निवार्चनमा मैले पनि भाग लिएको छु । काठमाण्डौँ जिल्ला सदस्य खुल्ला उम्मेदवारीमा किन भने म महिला भएको हिसाबले महिलाबाट उम्मेदवारी दिन सक्थे तर अहिलेको समयमा महिला र पुरुष विच कुनै भेदभाव नभएको यो समयमा महिलाले पनि केही गर्न सक्छ भन्ने देखाउनको लागि नै मैले यो सब गरेको हो ।

२ अबका दिनमा नेपाल पत्रकार महासघमा निवार्चित भएपछि सुधारको लागि तपाई के कस्तो पहल कदमी गर्ने सल्ला सुझाब दिनु हुन्छ र?

म निवार्चित भईसकेपछि आफुले आफ्नो तर्फबाट दिन पर्ने सल्लाहा सुझाबहरु र पत्रकार महासघले गर्न सक्ने सम्भब भए सम्मका काम कारवाही हरुलाई अगाडि बढाउनको लागि सके सम्म मद्धत गर्दछु ।

३ ऐन नियम तथा नियमावलीहरु बनेका छन् यसलाई कसरी कार्यान्वयन गरी अगाडि बढाउन मद्यत गर्नु हुन्छ ?

हो सही कुरा भन्नु भो। ऐन नियम तथा नियमावलीहरु बनेका त छन् , तर ती संविधानका धारा उपधारा दफा र अनुसुचीमा मात्र केन्द्रित छन् अखबार पत्रपत्रिका र संविधानका किताबमा मात्र पढ्न पाइएको छ तर यसलाई व्यवहारमा ल्याउन सकिएको छैन यसलाई व्यवहारमा ल्याउनको लागि हामी श्रम जिवी पत्रकार र व्यवसायीका हकहितका लागि निर्वाचित सदस्यको हैसियतले जोर जार ले हामी यसको आवाज उढाउने छौँ ।

४.श्रम जिवि पत्रकार , व्यवसायीक ,सञ्चालक एवं सञ्चार क्षेत्रमा संलग्न रहनु भएका सम्पुर्ण पेशा प्रेमी लगायत श्रम जिवि पत्रकारहरुलाई सहज वातावरणमा

पेशामा आवद्ध गराउने तपाईका के कस्ता प्रयासहरु रहन सक्ला ? श्रम जिवि पत्रकारहरुमा दखिएका असमान किसिमका व्यवहारहरु , पारिश्रमिकका कुराहरु आम जनमानसमा जादाखेरि दखिएका समस्याहरु व्यवसायीक ,सञ्चालक एवं श्रम जिवि पत्रकारहरूवीच देखिएका अन्तरविरोधहरु लगायतका जति पनि विषयहरु छन् यी सबै विषयहरुको निराकरण तथा समस्या समाधानको लागि नितिगत एवं योजना बद्ध कार्यक्रमहरु मार्फत निराकरण गर्दै लैजाने प्रयासहरु गर्नै छौँ ।

५.अहिले सुचना सञ्चार क्षेत्रमा देखिएका साना पत्रकार लगायत अनलाईन मिडियाहरुलाई कसरी हेर्नु भएको छ ,र ‘के सञ्चार क्षेत्रमा पनि साना ठुला भन्ने हुन्छ र रुती कानुनी रुपमा सबै समाननै हुन्छन् नी होईन ?

बर्तमान समयमा साना तथा अनलाईन मिडियाहरु एक जुट हुन नस्कदा जब फिल्डमा हामी जान्छौँ त्यो बेला फलानो मिडिया अनि यो चाहिँ त्यो मिडियाको भनेर विभाजन गर्ने गरेको पाइन्छ र यो मेरो आफ्नै अनुभव पनि हो यसरी छुट्याउने र होच्याउने भेदभावपुर्णको व्यवहार देखिन्छ । वास्तवमा सञ्चार क्षेत्र आफैमा एक विशाल र राज्यकै चौथो अगं भनिएको छ तर तपाईले भनेझैँ साना ठुला नभएता पनि व्यवहारमा भने त्यो देखिन्छ र देखाइन्छ पनि । फेरि अदालती कानुनी सस्थागत रुपमा यी सबै समाननै हुन्छन् ।

६.अन्तिममा विज्ञापन का लागि साना मिडियाले भोग्नु परेका समस्या र अहिले राज्यले निमार्ण गर्न खोजेको एकद्धार प्रणालीलाई कसरी हेर्नु भएको छ ?

विज्ञापन का लागि साना मिडियाहरुको पहुँचनै पुग्दैन एक,त अर्कौ विज्ञापन दाताहरुले नै साना मिडियाहरुलाई व्यवस्ता गर्ने गर्दछन् । एकद्धार प्रणाली भनेको वास्तबमा सबै साना ठुला मिडियाहरुले समान रुपमा विज्ञापनहरु प्राप्त गर्न पाउनु हो यहाँ सम्म की वर्गिकृत वर्गमा परेका ले पाउने अरुले नपाउने भन्ने त हुन्न वर्गिकृत र थायि प्रमाण पत्र लिएका अनलाईन तथा अखबार मिडियाहरुलाई समान रुपमा विज्ञापन उपलव्ध गराउने हो । तर यसमा राज्यले कस्तो भुमिका खेल्छ त्यो राज्यकै कार्यन्वयनमा निर्भर रहला ।

काठमाडौं जिल्ला सदस्य उम्मेदवार ) रिना श्रेष्ठ(

Must View