नागरिक पोष्ट News


लकडाउन गर्ने यस्तो तयारी, के लकडाउन हुन्छ त ?

1.7K

काठमाडौं। कोरोनाको दोश्रो लहरको ग्राफ उकालो लागेको छ। ग्राफ उकालो लागेपछि सरकारले पुनः लकडाउन गर्न सक्ने भन्दै विभिन्न क्षेत्र, पेशा र व्यवसायका व्यक्तिहरु स्वभावतः आशंकित छन्।

तर, सरकारले लकडाउनका बारेमा नयाँ नीति लिएको छ। सरकारले लकडाउनका बारेमा बनाएको नीति क्लस्टरका आधारमा कडाइ गर्ने भएको हो। अहिले पनि कोरोनाको ग्राफ उकालो लाग्दा के लकडाउन हुन्छ तरु सर्वसाधारणमा जिज्ञाना देखिन्छ। सीसीएमसीका सचिव खगराज बरालले एकैपटक देशभर लकडाउन नहुने भन्दै क्लस्टरका आधारमा कडाई गर्न सकिने नीति लिएको बताए।

‘जहाँ प्रभाव बढी छ, त्यही प्रभावित स्थानीय तहले त्यसको व्यवस्थापन गर्छ,’ सचिव बरालले भने, ‘स्थानीय तह र डीसीसीएमसीहरुले नै प्रभावित क्षेत्रहरुको लागि के कसरी हुन्छ। कन्ट्रयाक्ट ट्रेसिङ कति गर्नु पर्छ, लगायतका विषयमा छानबीन गर्छ।’

विभिन्न जिल्ला कोभिड संकट व्यवस्थापन कमिटीले पनि स्थानीय तहमा कोरोना व्यवस्थापनको लागि सचेतनाका कार्यहरु गरिरहेको बताएका छन्। कहीदिन पहिला उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुका प्रमुखहरुको बैठकले सचेतनाका कार्यहरु गर्ने निर्णय गरेको छ।

कोरोना महामारीको दोश्रो लहरबाट जोगिन सचेतना र सूचना मुलक कार्यहरु गर्ने निर्णय सरकारको कोभिड क्राइसिस् म्यानेजमेन्ट कमिटी सीसीएमसी ले  गरेको छ । सार्वजनिकस्थलमा हिँडडुल गर्ने सबैलाई मास्क अनिवार्य लगाउन सुझाउने र अटेर गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने सीसीएमसी ले जनाएको छ।

नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने  - स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताउनु भएको हो । उनले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए ।

लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनले बताए ।

मन्त्री त्रिपाठीले भने, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरीपनि लकडाउनको अवस्थामा जाओस । लकडाउन भन्दा अगाडी जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दिर्घकालिन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाई लडिरहेको छ हामी पनि एउटा यो लडाईमा योद्दा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाई गर्न तयार छ ।’

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।

Must View