श्रमजीवी पत्रकारको पक्षमा सङ्घर्ष गर्ने उद्देश्यका साथ सचिव पदमा न्यौपानेको उम्मेदवारी
विगत एक दशकदेखि जनपक्षीय र व्यवसायिक पत्रकारिताको क्षेत्रमा रहेर निरन्तर कलम चलाउँदै आएका पत्रकार रामशरण न्यौपानेले नेपाल पत्रकार महासंघ ललितपुरबाट सचिव पदमा उम्मेदवारी दिएका छन् ।
श्रमजीवी पत्रकारको हितका निम्ति विगतदेखि नै निरन्तर सङ्घर्ष गर्दै आइरहेको पत्रकार न्यौपानले ‘महासंघमा नक्कली पत्रकार होइन, सक्कली पत्रकारहरुको प्रवेश र पत्रकारिता पेशा गर्नेहरुको मात्र छाता संगठन पत्रकार महासंघ हो’ भनेर आफुलाई चिनाउँदै आएका छन् ।
सामाजिक संजाल फेसबुकमा न्यौपानेले खुला उम्मेदवारको अपिल गरेका छन् । ‘मैले नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाको सचिव पदमा उम्मेदवार दिएको छु । छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्धता गराउनुका साथै साना लगानीका मिडियाको रक्षाको पक्षमा आवाज उठाउन मेरो उम्मेदवारी ।’ उनले भनेका छन् ।
न्यौपाने तारकेश्वर पत्रकार मञ्चका महासचिव, नागरिक सचेतना समाज, नेपालका सचिव, सामाजिक अभियान्ता तथा सक्रिय पत्रकार समेत हुन् ।‘पत्रकार महासंघको पदाधिकारीमा सक्रिय पत्रकारिता गरिरहेकोलाई हेरौं एकपटक’ भन्ने विचार बोकेर निर्वाचनमा होमिएको न्यौपानेको भनाई छ ।