नागरिक पोष्ट News


संचारकर्मी तथा समाजसेवी मायालु दोङ(लामा) सम्मानित

1.4K

काठमाडौँ । संचारकर्मी तथा समाजसेवी मायालु दोङ(लामा) सम्मानित भएको छ। प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको बाहुलीबाट सम्मानित भएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अरनिको टेलिभिजनको पत्रकार तथा समाजसेबी लामा बिगत लामो समयदेखी विभिन्न ठाउँमा आनाथ,गरिबी,पिछडिएका बालबालिका र अशक्तहरु कहाँ कहिले त पढ्ने बालबालिकालाई स्टेसनरी का सामानहरु,कहिले त गरिबिको भान्सामा एक छाक टार्नका लागि भए पनि दाल,चामाल सहित धेरै ठाउँ पुगेर सहयोग गर्दै आएको दोङको कार्यलाई उच्च मुल्यांकन गर्दै सम्मान गरेका हुन्।

विगत लामो समयदेखि पत्रकारिता तथा समाजसेवीका मार्फत समाजमा योगदान पुर्याएको भन्दै बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयालको विषेश सहयोगमा सम्मान गरेको हो । दोङलाई प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सम्मान गरेकी थिइन् ।

सम्मानित भएपछि लामाले मुलुकमा ठूलो परिवर्तन आएको स्मरण गर्दै पत्रकारिता तथा समाजसेवा कमाउनका लागि नभई देश र जनताको पक्षमा हुनुपर्नेमा जोड दिए।सम्मानले पत्रकारिता तथा समाजसेवा क्षेत्रमा थप क्रियाशील बनाउने विश्वास व्यक्त गरेकी थिइन।

Must View