नागरिक पोष्ट News


काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर २ मा एक दिने सडक महोत्सव

1.4K

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर २ मा एक दिने सडक महोत्सव हुँदै छ ।

यहि चैत्र २१ गते  (भोली) शनिबार वडा नम्बर २ मा अवस्थित गणेश मन्दिर परिसरमा उक्त महोत्सव हुने भएको वडा नम्बर ९ का अध्यक्ष जगत प्रसाद नेपालले बताए । उनका अनुसार नगरपालिकाको सहयोगमा वडा नम्बर २ द्धारा आयोजित सो महोत्सवमा स्थानिय महिला समुहद्धार उत्पादित विविध सामाग्रीहरुको प्रदर्शन समेत गरिने छ ।

यसबारेमा नगरपालिकाका सबै वडाहरुले सुचना प्रकाशित गरि उक्त महोत्सवमा सबै नगरबासीलाई सहभागीताका लागि अनुरोध समेत गरेको सुचनामा उल्लेख छ ।

(हेर्नुहोस् वडा नम्बर ९द्धारा प्रकाशित सूचना)

Must View