दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाउने
2.1K
काठमाडौं, १७ चैत । सरकारले पहिलो प्राथमिकतामा परेकाहरूलाई दोस्रो डोजको खोप आउँदो वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले उक्त जानकारी दिएको हो ।
पहिलो प्राथमिकतामा परेका ४ लाख ५० हजार जनाले खोपको दोस्रो डोज लगाउने महाशाखा प्रमुख डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पहिलो प्रथमिकतामा परेका स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल तथा शव व्यवस्थापनमा खटिने कर्मचारी, दीर्घरोगी लगायत व्यक्तिलाई खोपको दोस्रो मात्रा लगाइनेछ ।
पटक पटक सञ्चालन भएको अभियान मार्फत हालसम्म देशको कुल जनसंख्यामध्ये ५ दशमलव ६ प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।