नागरिक पोष्ट News


'म्यानमार सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन' भन्दै नेपालमा प्रदर्शन

1.2K

काठमाडौँ । म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराध विरुद्ध राष्ट्रसङ्घ नेपाल कार्यालय अगाडि मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।  

म्यानमारमा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई  रोक्न संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित मङ्गलवार समाजले संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

यू एन हाउस पुलचोक अगाडि दिउँसो भएको प्रदर्शनमा, म्यानमारमा भइरहेको हत्या र दमन रोक्न प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई र म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराधलाई अन्त्य गर्न समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गरिएको थियो ।

प्रदर्शनमा म्यानमार सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शन पश्चात् शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसङ्घका महासचिव एंन्टोनियो गुटेरेशलाई लेखिएको ज्ञापन पत्र नेपालस्थित राष्ट्रसङ्घको कार्यालय मार्फत बुझाइएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल सहभागिता रहेको थियो .

साथै सचिव द्वय नम्रता खरेल र वन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरू बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतम, सहित ५५ भन्दा बढी अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

Must View