नागरिक पोष्ट News


शेयर बजार ३२.१५ अंक वृद्धि भएर बन्द भएको छ

1.3K

काठमाडौं, १७ चैत ।  शेयर बजार ३२.१५ अंक वृद्धि भएर बन्द भएको छ । गत कारोबार दिन घटेको परिसूचक आज वृद्धि भएर २५७५.६६ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशत वृद्धि भएर ४५६.१० विन्दुमा पुगेको हो ।

आज २०९ कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेड –निफ्रा)को भएको छ । यो कम्पनीको ४८ करोड रुपैयाँ बराबारको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ५९२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि वोमी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर प्रतिशेयर मूल्य १ हजार १३४ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये उद्योग र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । यी समूहको परिसूचक क्रमशः २९.७ अंक र ०.२२ अंकले घटेको हो । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूूचक ४.१४ प्रतिशतले वृद्धि भएको छ ।

Must View