नागरिक पोष्ट News


नायक तथा मोडल संजित भण्डारीको होलीमय तस्बिरहरु

2.2K

नायक तथा मोडल संजित भण्डारीले सामाजिक संजाल मार्फत होलीको शुभकामना सहित होलीमय तस्विर सार्वजनिक गरेका छन । हिन्दुहरुको महत्वपूर्ण रंगिन पर्व होलीको पूर्व सन्ध्यामा उनले आफ्ना आकर्षक तस्विर सार्वजनिक गरेका हुन । चर्चित फोटोग्राफर कुवेर तामाङ्गले स्टुडियो कुवेरमा गरिएको फोटो शुटका तस्विरहरु आज सार्वजनिक गरिए संगै उनको तस्विरले चर्चा पाएको छ । कोराना कहरका वीच होली पर्व सवैजनाले घरमै वसेर मनाउनका लागी सन्देश स्वरुप उक्त तस्विर सार्वजनिक गरिएको उनले जानकारी दिए । पछिल्लो पटक चलचित्र संग संगै म्यूजिक भिडियो र टेलिश्रृंखलामा समेत व्यस्त रहेका नायक संजितले भारत सरकारले प्रदान गर्ने अभिनय तथा फिल्म सम्बन्धि विशेष तालिमका लागी नेपालबाट छनौट भई अध्ययन पूरा गरेका थिए ।

Must View