नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ
1.1K
काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । उनी भक्तपुर बस्ने र केही दिनअघि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनबाट डिस्चार्ज भएका व्यक्ति रहेको स्रोतले जनाएको छ ।