बालबिवाह न्युनिकरणका लागि स्वंयमसेबिकालाई अभिमुखिकरण
नेपालगन्ज । जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुर, वडा नम्ब खजुराखुर्द र वडा नम्बर ६ गनापुरका गरी ३५ जना महिला स्वास्थ्य स्वंयम सेबिकाहरुलाई बृहत यौनिकता शिक्षा र बाल बिवाह न्युनिकरणका लागि अभिमुखिकरण गरिएको छ । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवलदारपुरको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । महिला स्वास्थ्य स्वंयमसेबिकाहरु प्रत्यक्ष रुपमा गाउँ समाजमा स्वास्थ्य सम्बन्धि काम गर्ने भएकाले उनीहरुलाई अभिमुखिकरण गरिएको हो । सर्बाङ्गीन बिकासका लागि महिला तथा बालबालिका सशक्तिकरण परियोजनाका परियोजना संयोजक पतिराम थारुले बताए । महिला स्वास्थ्य स्वंयमसेबिकाहरुलाई गरिएको अभिमुखिकरण कार्यक्रमबाट समाजमा बालबिवाह न्युनिकरण र यौन तथा प्रजनन् स्वास्थ्य बारे नागरिकहरु जानकार हुने परियोजनाको लक्ष्य छ । कार्यक्रमका प्रशिक्षक जानकी गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेबा मेघराज बरालले महिला स्वंयसेबिकाहरुलाई बालबिवाह बारे कानुनी प्रबधानका बारेमा प्रष्ट परेका थिए । त्यस्तै स्वास्थ्यकर्मी बरालले महिला तथा किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा, किशोर अवस्थामा हुने परिवर्तन, किशोरी पोषण शिक्षा, बाल अधिकार लगायत्का बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा सहजकर्ता मिश्रीलाल यादव र समाजिक परिचालक अशोक यादवले परियोजनाको गतिबिधि र उद्देश्य बारे प्रष्ट पारेका थिए ।