नागरिक पोष्ट News


नायिका कंगना रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक

1.7K

नायिका कंगना रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा उनी राजनीतिज्ञ जयललिताको भूमिकामा देखिएकी छिन् । यो चलचित्रमा जयललिता देखिनका लागि कंगनाले निकै मिहिनेत गरेकी छिन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा जयललिता देखिनका लागि कंगनाले २० केजी तौल समेत बढाएकी थिइन् ।

नेशनल फिल्म अवार्ड विजेता ड्रेस डिजाइनर नीता लुल्लाले कंगनाको लागि पहिरन पनि तयार पारेकी थिइन् । यो चलचित्रका लागि कंगनाले सुरुवातमा २० केजी तौल बढाएकी थिइन् । यसपछि, फेरि उनले तौल घटाएकी पनि थिइन् ।

२० केजी तौल बढाएर कंगनाले पैडिङ्ग गरिएको सारी लगाएर निकै गर्मीमा उनले चलचित्रको काम गरेकी थिइन् । कंगनाले यो चलचित्रको लागि जे पनि गर्न तयार थिइन् । यसैले, उनको कामको यतिबेला प्रशंसा भैरहेको छ ।

Must View