नागरिक पोष्ट News


केन्द्र मोशनको संझौता पल र मलिकासँग

1.6K

नायक पल शाह र नायिका मलिका महत्तलाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो तयार गर्यो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरे । यी दुबै गीतले दर्शकको उल्लेख्य साथ पाए ।दर्शकले रुचाएको यो जोडीलाई अब भने केन्द्र मोशन पिक्चर्सले नयाँ संझौतामा बाँधेको छ । यी दुई कलाकारसँग केन्द्र मोशनले नयाँ संझौता गरेको वुझिएको छ । अब, पल र मलिकाले ६ महिनासम्म केन्द्र मोशन बाहेकको कम्पनीसँग एकसाथ म्यूजिक भिडियोमा काम गर्न पाउने छैनन् । केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग संझौता गरेको हो ।

Must View