नागरिक पोष्ट News


कोरोनाको संक्रमण नेपालमा पनि बढ्दो क्रममा, संक्रमण रोक्न नेपाल सरकार के गर्दैछ ?

1.9K

काठमाण्डौ । छिमेकि मुलुक भारतमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि कोरोना संक्रमण थप फैलिन सक्ने अनुमान गर्दै सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

 छिमेकी मुलुक भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ । ११ मार्चमा १० हजार ९८३ मा झरेको दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बुधबार ४७ हजार २६२ पुगेको छ । नोभेम्बरको सुरुआतपछि पहिलो पटक एकैदिन धेरै संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५जनाको ज्यान गएको छ । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको ज्यान गएसंगै कोरोनाबाट ज्यान गुमाउनेकोे सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी वितेको चौबीस घण्टाको अवधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

जसरी पहिलो लहरमा भारतमा संक्रमण तीव्र गतिमा फैलिएको एक महिनापछि नेपालमा बढ्यो, दोस्रो लहरमा पनि त्यही अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

३९६३ परीक्षणमा १४५ जनामा कोरोना संक्रमण

 गृह मन्त्रालयले परिपत्र जारी गदै मास्क अनिवार्य गर्न र भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी सीडीओ हरुलाई निर्देशन दिएको छ ।यसअघि चैत ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण बढ्ने सम्भावना रहेको भन्दै सभा तथा सम्मेलन गर्न रोक लगाउन भनेको थियो।

 क्वारेन्टिन र आइसोलेसनलाई गृह मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका सीडीओहरुलाई निर्देशन समेत दिएको छ ।

सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्न प्रजिअहरुलाई निर्देशन समेत दिइएको छ ।

ललितपुर प्रशासनको निर्देशन–रात्रिकालीन व्यवसाय सञ्चालन नगर्नू

 

विराटनगरमा फेरि बढ्यो कोरोना सङ्क्रमण

 

बारामा मास्क नलगाई हिँडे कारबाही

 

Must View