बैंकको क्युआर कोड प्रयोग गरी सुन चाँदी को कारोबार गर्न पाउने
काठमाडौं, ११ चैत । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंकबीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
महासंघ र बैंकबीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् । जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताए ।
दुईसंस्थावीचको सहमतिपश्चात महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गकालागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्ने छ । यस वाहेक बैंकले उपलब्ध गराउने सवैखालमा बैंकिङ सेवाहरु सरलर सहज रुपमा उपलब्ध गराउन पनि बैंकले सहयोग गर्ने जनाइएको छ।