नागरिक पोष्ट News


नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन्

1.6K

नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन् ।पहिलो पटक कलाकारहरुले लाईभ बाजासहित विश्वको सवैभन्दा अग्लो स्थानमा गोक्यो री नामक लाईभ अडियो र भिडियो छायांकन गरिएको थियो ।

गोक्यी री गीत नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन ब्यबसायी समेत रहेका निर्माता सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायि तथा सिनेमाटोग्राफर राजन खरेल, व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले निर्माण गरेका हुन्।

प्राप्त जानकारीअनुसार गिनिज बुकले पाँच जना निर्माता टोलीलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ भने बाँकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् भने दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भूमिका निर्वाह थिए । त्यस्तै लाईभ बाद्यबादनअन्तर्गत बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

उक्त गीतको गीतकार मिलन किराँती, स्वर बबिना राई, संगीत बिक्रम राई, संगीत संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन् । दुर्लभ जन्तरे (बुद्धिराज राई )को निर्देशनमा बनेको भिडियोमा गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगरसँगै बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ ।

 

 

 

Must View