नागरिक पोष्ट News


गायक रूद्रसेनको “कत्त सS एल्ही गोरी” सार्बजनिक

2.2K

काठमाण्डौँ, चैत्र ६नेपाली, मैथिली, भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा चर्चा कमाईसकेका लोकप्रिय गायक रूद्रसेन विश्वकर्माको “कत्त सऽ एल्ही गोरी” बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

केही समय अघि सर्वजनिक गरिएको ‘आबन बैठ भट्भटिया पऽ रोमान्टिक गीतको बेजिड सफलता पछी फेरी पनि उनले अर्को मैथिली युगल गित “कत्त सऽ एल्ही गोरी” सार्वजनिक गरेका हुन । गीतमा गायक रुद्रसेन विश्वकर्मालाई सोनी कुमारीले स्वरमा साथ दिएकी छिन ।

रूद्रसेन क्रियसनको प्रा.लि को प्रस्तुति निर्मात्री नीर कुमारी विश्वकर्मा(सविना)को निर्माण रहेको यस मैथिली भिडियोमा पहिलो पटक नेपाली सिने जगतकी चर्चित नायिका अनु शाहलाई देख्न सकिन्छ ।

नायिका अनु शाहको साथमा यसै गीतबाट डेब्यु गरेका हेन्डसम नव मोडल दिपक झालाई मोडलिङ क्षेत्रमा प्रवेश गराइएको छ ।

व्यवसायी विक्की झा भास्करको स्पोन्सरमा रहेको मैथिली भिडियो “कत्त सऽ एल्ही गोरी”मा निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ ।

गीतमा कुन्दन गुप्ताको शब्द रहेको छ भने संगीत तथा एरेन्ज पारस मणीले गरेका हुन् ‌।

राम्रो दृश्य समेटिएको भिडियोमा छायांकन दिपक गिरीको रहेको छ भने मेकअप/हेयर डिजाइनर कविन खड्काको रहेको यस भिडियोको सम्पादन अमृत चापागाईंको रहेको छ ।

नेपालको तराईमा अवस्थित धार्मिक पर्यटकीय स्थल जनकपुरधामको सेरोफेरोमा छायांकन गरिएको भिडियो एकदमै उत्कृष्ट बनेको छ ।

भर्सटायल गायकको रुपमा समेत परिचित रूद्रसेन विश्वकर्मा लगातार एक पछि अर्को गर्दै एकदमै उत्कृष्ट गीत तथा भिडियोहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल भईसकेका छन भने उनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन् ।

भिडियोलाई गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल रुद्रसेन विश्वकर्मा मार्फत सार्वजनिक गरिएको छ ।

 

Must View