नागरिक पोष्ट News


'ओमेन क्यान क्यारी द वल्र्ड’ : सलुट ! शर्मिला स्याङ्तानको ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने साहसलाई

2.4K

- नागरिकपोष्ट

काठमाडौ, सगरमाथा र मनास्लु आरोहण गरिसकेकी शर्मिला स्याङ्तानले  ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्ने लक्ष्य लिएकी छन् । काभ्रे, रोसी गाउँपालिकाकी शर्मिला ट्रेकिङ गाइड बुवा लीलाबहादुर स्याङ्तानको पेसाका कारण हिमालतिर आकर्षित भइन् । कक्षा १२ सकेपछि २०६६ सालमा काठमाडौं आएकी उनलाई खर्चमा आत्मनिर्भर बन्नुपर्ने बाध्यता पनि थियो । उनले भरियाको रुपमा ‘ट्रेकिङ लाइफ’ सुरु गरिन् ।

त्यसको चार वर्षमा उनी ट्रेकिङ गाइड बनिन् । २२ वर्षको उमेरमा विवाह पनि गरिन् । बच्चा भएपछि पेसामा ब्रेक नै लाग्यो ।   पहिलो प्रयासमा ८ हजार ७०० मिटरसम्म पुगिन् पनि । त्यती नजिक पुगेर चुचुरो टेक्न नसकेको पीडा क्याम्पमा झरेर रोएर कम गरेको उनी बताउँछिन् । तर आँट साहस बोकेर २२ मे २०१९ को बिहान उनी सगरमाथाको चुचुरोमा चुम्न सफल भइन् ।

सगरमाथाको सफल आरोहणपछि १२ अगस्ट २०१९ मा युरोपको सबभन्दा अग्लो हिमाल एल्ब्रस आरोहण गरिन् । रसियाको एल्ब्रसपछि नेपालकै मनास्लु हिमाल चढ्ने अवसर उनलाई जुर्‍यो ।  जापानी र अष्ट्रेलियन गरि दुईजना महिलाले मात्र १४ हिमाल आरोहण गरेको थाहा पाएपछि यी सबै हिमाल प्रेरणा र हौसला शर्मिलामा जाग्यो । १४ वटै हिमाल चढेपछि शर्मिला एसियाकै पहिलो महिला बन्नेछिन् ।शर्मिला स्याङ्तान तामाङ सगरमाथा आरोहण गर्न सफल (भिडियो) - Tamang Online

 

उनले अब नेपालका अन्नपूर्ण, धवलागिरि, कञ्चनजंघा, मकालु, चोयु र ल्होत्से, चीनको सिसापाङ्मा र पाकिस्तानका पाँच (नांगा पर्वत, जी १, जी २, के २ र ब्रोड पिक) हिमाल आरोहण गर्ने छिन् । शर्मिलाको यो साहस र आँटलाई मान्नैपर्दछ । उनको यो साहसलाई आर्थिक सहयोगका खाँचो छ । उनको यो अभियानलाई सबैको सहयोग र साथ दिने हो भने २ वर्षभित्र उनको १४ हिमाल आरोहण गरिसक्ने योजना पूरा हनेछ । त्यसपछि महिला ससक्तीकरण लागि शर्मिला फेरि लाग्नेछिन् ।  ओमेन क्यान क्यारी द वल्र्ड’ र ‘स्टप हृयुमेन ट्राफिकिङ’ भन्ने मुल सन्देश सहित शर्मिलाको यो हिमाल आरोहण अभियानमा सबैले निस्वार्थ तवरले सहयो गर्न सक्ननुहुनेछ  ।

Must View