नागरिक पोष्ट News


कांग्रेस नेता जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारको घोषणा

1.1K

काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

आज बिहान नेता जोशीको स्वास्थ्यअवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त कुराको जानकारी दिएका हुन् । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

गत फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीको उपचार नर्भिक इन्टरनेशनल अस्पतालमा जारी छ । चिकित्सकहरुले उनको स्वास्थ्य स्थिर रहेको बताएका छन् ।

Must View