नागरिक पोष्ट News


वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ

1K

काठमाडौं, चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका एकजना वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको हाे ।

सचिव पोखरेललाई आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट पक्राउ गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

उनका अनुसार पाेखरेलले निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर घुस मागेका थिए । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।

Must View