नागरिक पोष्ट News


सत्तारुढ दल नेकपा एमालेले झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर संसदीय दलको बोर्ड गठन

1.5K

सीता पौडेल ,काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले झलनाथ खनाल र माधव नेपाललाई समेत समेटेर संसदीय दलको बोर्ड गठन गरेको छ। बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । वैठकबाट आज २४ सदस्य मनोनीत भएका छन् भने तीन सदस्य पछि थपेर बोर्डलाई पूर्णता दिइने स्रोतले बताएको छ ।

उक्त बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने गरि खनाल र नेपाल सहित विद्या भट्टराई, छविलाल विश्वकर्मा, दामोदर भण्डारी, विमला राई पौड्याल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, , राधा ज्ञवाली, विन्दा पाण्डे, राजेन्द्र राई, शेरबहादुर तामाङ लगायत २४ सदस्यलाई मनोनीत गरिएको बताइएको छ ।

बैठकले संसदीय दलको विधान संशोधनका लागि शेरबहादुर तामाङ ,विशाल भट्टराई र विमला राई पौड्याललाई समेटेर ३ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

Must View