नेपाल फाइनान्स लिमिटेडले नवलपरासीको गैडाकोटमा पाँचौ शाखा कार्यालय स्थापना
काठमाडौं, ५ चैत । नेपाल फाइनान्स लिमिटेडले नवलपरासीको गैडाकोटमा पाँचौ शाखा कार्यालय स्थापना गरेको छ । फाइनान्सले गैडाकोट नगरपालिकाको वडा नं. ४ मा उक्त शाखा कार्यालय बिहीबारदेखि सञ्चालमा ल्याएको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानले गरेका हुन् ।
हाल यो फाइनान्सले काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालयसहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोको बनेपा र रुपन्देहीको मुर्गिया शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । नेपाल फाइनान्सले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्तापूँजी करिब ५५ करोड पुग्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी यस संस्थाले कास्कीको माच्छापुच्छे« गाउपालिका , जनकपुरको धनुषाधाम, हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आर्थिक वर्षभित्र संचालनमा ल्याउने गरी तयारी गरिएको कम्पनीले जनाएको छ । योसँगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गनुका साथै सम्पूर्ण डिजिटल बैंकिग सेवा समेत छिट्टै संचालनमा ल्याउने गरी तयारी गरिएको कम्पनीले जनाएको छ ।