अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अफगानिस्तानलाई २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ
1.1K
काठमाडौं, ५ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अफगानिस्तानलाई २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्तिका लागि उक्त ऋण लिइएको हो ।
अफगानिस्तानको चालू आर्थिक वर्षको कुल बजेट करिब ६ अर्ब डलर रहेको छ ।
योसँगै अफगानिस्तानको कुल राष्ट्रिय ऋण १ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । गृहयुद्धका कारण संकटमा परेको अफगानिस्तानमा गरिबी र बेरोजगारी बढ्दै गएको छ।